काठमाडौं,चैत २९ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् ।
संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् ।
समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।
२०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा थिइन् । सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी सदस्य समेत हुन् ।
उनी यसअघि २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार