काठमाडौँ ,चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक मंगलबार बस्ने भएको छ।
सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको ‘भाइरल’ अडियोबारे छलफल गर्न आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो।
अडियोबारे बैठकले निर्णय गरी केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ।
ढाकाको दोस्रो अडियो पनि सार्वजनिक भएको छ। उक्त अडियो पनि कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।
रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ। यद्यपि, ढाकाले भने दुर्गासँगको त्यो अडियो आफ्नो नभएको र दुर्गासँग आफ्नो कुनै सम्पर्क र सम्बन्ध नभएको जिकिर गर्दै आएका छन्।
प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार