२०८३ बैशाख १६ गते बुधवार

दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति मन्त्री शर्माको असन्तुष्टि

काठमाडौं, चैत २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति असन्तुष्टि व्यक्त गरेकी छन ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गदैं सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन ।

मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुका बारेमा पछिल्लो समय सञ्चारमाध्यममा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरिन ।

उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुलाई लिएर समाचार प्रकाशन एवम् प्रसारण हुँदा नीति निर्माण गर्नेलाई कानुन नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको बताइन ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘‘ठूलाठूला मिडियामा जुन ढङ्गले समाचार बाहिर आइरहेका छन्, वास्तवमा मन्त्रालयमा जे कुरामा छलफल नै भएको छैन, त्यो कुरा मिडियामा बाहिर ठूलाठूला अक्षरमा समाचार आइरहेका छन् । त्यसले कानुन बनाउनेहरू नै कानुन बनाउनै हुँदैन भन्या जस्तो, कानुन बनायो भने यो हुन्छ, यो सर्त गाँसिएको छ । यो कानुन बनाउनको लागि भनेर कन्टेनमा सुझाव होइन कि प्रक्रिया सुरु नगर्दा नै बाहिर जुन ढङ्गले एउटा चर्चा भएको छ, यसले कतै कानुन बनाउने कुरामा नै अड्किने हो कि, कानुन नबनाऊ भन्न खोजिएको हो कि भन्ने अर्थ पनि लाग्ने गरेर बाहिर कुराहरू आइरहेका छन् । कानुन बनाउँदै गर्दा राष्ट्रिय हित सर्वोपरि हुनुपर्छ । त्यसलाई राष्ट्रिय हितमा राखेर कानुन बनाउने हो, प्रक्रिया हामीलाई थाहा छ ।’’

सञ्चारमन्त्री शर्माले प्रक्रिया सुरु नगर्दा नै सञ्चारमाध्यमहरूले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाइन ।

उनले कानुन बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरि राखेर नै निर्माण गर्ने र कानुन निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रूपमा जानकारी रहेको पनि बताइन ।

मन्त्री शर्माले सञ्चारमाध्यमले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवम् प्रसारण गरेको बताइन । उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *