२०८२ असार ६ गते शनिवार

एमालेले तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुँगो लगायो


काठमाडौं, चैत १८ । नेकपा एमाले आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुँगो लगाएको छ । तर बारा क्षेत्र नम्बर २ का लागि भने उम्मेदवार टुँगो लगाउन बाँकी नै छ ।

एमालेले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय शनिबार गरेको छ ।

मंसिर ४ मा भएको निर्वाचनका क्रममा खनाल काठमाडौं क्षेत्र नम्बर ६ मा पराजित भएका थिए ।
च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।


पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *