२०८२ चैत्र ३० गते सोमवार

सरकार र मिटरब्याज पीडितबीच वार्ता

काठमाडौँ ,चैत १६ । सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा वार्ता जारी रहेको बताए ।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरूमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल छन ।

पीडित महेन्द्र साहका अनुसार सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।

जसमा मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र सङ्घर्ष दाहाल सदस्य छन ।

मिटरब्याज पीडित यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *