२०८२ जेष्ठ ३० गते शुक्रवार

सत्ता गठबन्धनले भागवण्डा टुंग्यायो

काठमाडौँ ,चैत १५ । सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ९ दलबीच भागवण्डा मिलाउने सहमित भएको हो।

छलफलपछि दलहरुले प्रधानमन्त्रीलाई आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम बुझाउने क्रम सुरु भएको छ।

एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालाको नाम बुझाएको छ भने अरु दललाई पनि नाम बुझाउन आग्रह गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

गठबन्धनमा सहभागी ९ दलबीच कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व पाउने समझादारी बनेको छ।

त्यस्तै माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई २र२ जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोसपा १,

उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति छ।

संभवत बुधबार नै राष्ट्रपतिलाई मन्त्रीहरुको नाम बुझाउने र बिहीबार शपथ ग्रहण गराउने तयारी अघि बढेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *