२०८२ जेष्ठ ३० गते शुक्रवार

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं,चैत १५ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।

संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०७८/७९० पेस गर्ने पहिलो कार्यसूची छ ।

दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ ।

यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *