२०८३ बैशाख १६ गते बुधवार

मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ ,चैत १५ । दलहरूका आ-आफ्नै अडानका कारण मंगलबार निष्कर्षबिनै सकिएको सत्तारुढ १० दलीय गठबन्धनको बैठक बुधबार पनि बस्ने भएको छ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डा मिलाउने र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भनिएपनि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।

सोही एजेन्डामा छलफल गरी टुङ्गो लगाउनका लागि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजे बालुवाटारमै बस्ने भएको हो।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए। उक्त मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन्।

त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ। न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *