काठमाडौँ,चैत १४ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।
सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयलाई पूर्णता दिनेबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्।
बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यका साथ बैठक बोलाइएको हो। दाहालले कांग्रेसलाई आठ, माओवादीलाई पाँच, एकीकृत समाजवादी र जसपालाई २, जनमत, नागरिक उन्मुक्तिलाई एक मन्त्रालय पाउने गरी बाँडफाँडको प्रस्ताव गरेका छन्।
संख्यासँगै मन्त्रालयहरुसमेत टुंग्याउनुपर्ने भएकाले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
विशेष गरी जनतासँग प्रत्यक्ष जोडिएका र विकास मन्त्रालयहरुमा एकभन्दा बढी दलको दाबी परेपछि मिलाउन गठबन्धनलाई सकस परेको छ।
प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार