२०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौँ ,चैत १२ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो।

डा। वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभासमक्ष पेश गरेका थिए। विधेयकमाथि सांसदहरुले आफ्ना धारणा राखेका थिए।

विधेयकमा छलफल सकिएपछि राष्ट्रियसभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *