२०८२ चैत्र ३० गते सोमवार

उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

काठमाडौँ,चैत ८ । रिक्त रहेका क्षेत्रका लागि उपनिर्वाचनको दल दर्ता बुधबारबाट सुरु हुँदैछ।

उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ। चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो।

बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।

आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।

 

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *