२०८२ असार ५ गते शुक्रवार

त्रिवि स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी

काठमाडौं, चैत ५ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा ओझा ३३१ मतान्तरले विजयी भएका हुन्।

उनले ९६२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाए। १३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो।

केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।

काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धन विद्यार्थी संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएकोमा यहाँ नेविसंघले सभापति उम्मेदवार पाएको थियो।

निर्वाचनको औपचारिक घोषणा गर्न भने बाँकी छ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *