काठमाडौँ ,चैत ५ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार