काठमाडाैँ,चैत ५ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद भवनस्थित ल्होत्से हलमा सुरु भएको हो।
संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरूको बारेमा छलफल गर्ने बताइएको छ।
आज संसदमा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत हुँदैछ।
आजै बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेकाे छ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार