२०८३ बैशाख ६ गते आइतवार

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

सुर्खेत,चैत १  ।  मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको हो ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको ९मुसोम० का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले चैत्र ८ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

‘स्कुल अफ मेनेजमेन्ट’ ९मुसोम० मा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट ९मुसोम०, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

 

उच्च अदालत सुर्खेतका सुचना अधिकारी सरोजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको जानकारी दिए । स्ववियु निर्वाचनमा मोसुमका करिब ४०० विद्यार्थीको मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै विद्यार्थीहरुले रिट हालेका थिए ।

 

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *