काठमाडौँ,फागुन ३० । माओवादी घटकहरूले मंगलबार गर्ने भनिएको संयुक्त अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले केही दिनपछि अन्तरक्रिया गर्नेगरी आजका लागि स्थगित भएको जानकारी दिए।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने बताइएको थियो।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार