काठमाडौँ,फागुन ३० । रत्नराज्य लक्ष्मी (आरआर)क्याम्पसमा मंगलबार बिहान विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।
निर्वाचन अधिकृतको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन्।
क्याम्पसको मूल गेट र क्याम्पस परिसरमा विद्यार्थी संगठनहरू संयुक्त रूपमा विरोधमा उत्रिएका छन्।
अनेरास्ववियू, नेविसंघ, अखिल९क्रान्तिकारी०, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघलगायका विद्यार्थी संगठनको फर्जी तथा अवैधानिक मतदाता नामावली खारेज गर्नुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, मतदाता नामावलीउपर निष्पक्ष छानबिन गरी वास्तविक मतदाता सूची सार्वजनिक गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन्।
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार