२०८३ बैशाख २ गते बुधवार

महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी हुदाँ उम्मेदवारी दर्ता हुन सकेन

बाँके,फागुन २७ । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा तालाबन्दी गरिएको छ ।

नौ वटा विद्यार्थी संगठनले तालाबन्दी गरिदिंदा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको छ।

१४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेका विद्यार्थी संगठन चुनाव गराउने पक्षमा छन् ।

अखिल छैटौँ, अनेरास्ववियु, अखिल क्रान्तिकारी (बहुमत), समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (पवन कार्की), अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बैद्य, विद्यार्थी एकता मञ्चले विद्यार्थीको नाम लिष्ट सार्वजनिक गरेको विषयलाई लिएर तालाबन्दी गरेका छन् ।उनीहरुले उम्मेदवारी दर्ता गर्ने सचिवालय र क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन् ।

नौ विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दिन पुगेका कांग्रेस, एमाले निकट विद्यार्थी बाहिरै बसेका थिए ।

कांग्रेसनिकट विद्यार्थी युनियनबाट सभापतिका उम्मेदवार जीवनराज सुवेदी र जीवनजंग शाही, एमाले निकट अखिलका सभापतिका उम्मेदवार माधव खत्रीले हार्ने अवस्था देखेपछि क्याम्पसमा तालाबन्दी गरिएको बताए।

महेन्द्र बहुमुखी क्याम्पसमा ४ हजार १ सय २२ जना मतदाता छन्। स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *