२०८३ बैशाख २ गते बुधवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत

काठमाण्डौ,फागुन २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन ।

आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाएका हुन ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त ल्याएका छन । उनलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका १ जना गरी ११ मत परेको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका रावल नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण ३० दिनमै पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *