२०८१ मङ्सिर २५ गते मङ्गलवार

होली मनाउन दुबई पुगे सिके राउत

काठमाडौँ ,फागुन २१ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउत होली मनाउन दुबई पुगेका छन् ।

जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन राउत त्यहाँ पुगेका हुन् ।

राउत सो कार्यक्रमका मुख्य अतिथि हुन् । होलीको अवसरमा शुभकामना आदान प्रदानका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष राउत र मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशावाहा दुवई आइपुगेको गैरआवासीय मधेशी संघ युएइका अध्यक्ष जगनारायण मण्डलले बताए । कुशवाहा सो पार्टी उपाध्यक्ष समेत हुन् ।

उनीहरुले कार्यक्रममा शुभकमना मन्तव्य मात्र दिने कार्यक्रम रहेको छ । होलीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ ।

कार्यक्रममा सहभागी हुनेहरुका लागि टिकटको समेत व्यवस्था गरिएको आयोजक पक्षले जानकारी दिएको छ । दुवईमा विगत सात आठ वर्षदेखि यो होलीको कार्यक्रम आयोजना हुँदै आइरहेको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *