काठमाडौँ,फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।
आजको बैठकमा समर्थनको सन्दभमा निर्णय नगरेकोले समर्थन कायमै राखेको बुझिएको हो।
पार्टी सभापति रवि लामिछानेले पुनस् गृहमन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।
आजको बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए ।
रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’, उनले भने ।
१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । एमाले र राप्रपा सरकारबाट बाहिरिएका छ्न्।