२०८१ बैशाख १३ गते बिहिवार

प्रधानमन्त्री कतार भ्रमणमा नजाने

काठमाण्डौ ,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण स्थगित भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन ।

परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।

राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बुझिएको छ ।

पौड्याल एमालेबाट परराष्ट्रमन्त्री बनेकी थिइन ।

राष्ट्रपतिको चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटे पनि एमाले सरकारबाट बाहिरिएको छैन । राप्रपाले भने शनिवार नै सरकार छाडिसकेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *