२०८१ मङ्सिर २९ गते शनिवार

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छः माधव नेपाल

काठमाडौं,फागुन ७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै नेपालले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने बताए ।

रास्वपा मुलुकका लागि घाँडो भएको उनको टिप्पणी छ । के–के न गरौँला भनेर आएको सो पार्टीमा पनि पदको आशक्तिबाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।

‘घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो, पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ । कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन,’ नेपालले भने ।

आइतबार काठमाडौंको कीर्तिपुरमा पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले सबै पद लिएर राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए ।

‘सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हावी हुने हो कि होइन, सन्तुलनको राजनीति अपनाएर जाने भन्ने मान्यता हावी हुने भन्ने कुरा हप्ता दिनभित्र टुंगो लागि सक्छ,’ नेपालले भने ।

एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काऊलान् कि भन्ने चिन्ता छाएको उनले बताए । ुगठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन् कि भनेको यही हो,’ उनले भने ।

‘अहिलेको गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्त्वहरू पनि छन् प्रतिगामीहरू । संघीयताविरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थीहरू पनि छन् । संविधानविरोधीहरू पनि छन् । संविधानका रक्षकहरू पनि छन्,’ नेपालले भने, ‘योभन्दा पहिलाको गठबन्धन कस्तो थियो रु कांग्रेस थियो-संविधानको पक्षमा उभिने । वामपन्थीहरू थिए- गणतन्त्रको पक्षमा उभिने । यसरी वाम र लोकतान्त्रिक गठबन्धन थियो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिस्ट पार्टीका लागि लाजमर्दो विषय भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *