२०८३ बैशाख १६ गते बुधवार

नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी जेलमुक्त

धनगढी ,फागुन ७ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी केहीबेर अघि कैलाली कारागारबाट रिहा भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ‍।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *