२०८२ असार ६ गते शनिवार

सरकारको वित्त नीतिमा सुधार आवश्यकः राष्ट्रपति भण्डारी

काठमाण्डौ ,माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वित्त नीतिमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले अर्थतन्त्रको बाह्य चाप केही कम भए पनि ढुक्क हुने अवस्था नरहेको बताइन्। आर्थिक क्षेत्रका समस्या समाधानका लागि गहन अध्ययन र परामर्श गरी उचित निकास दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।

उनले राजश्व चुहावट नियन्त्रणका लागि कडाइ गर्नुका साथै राजश्वको क्षेत्र विस्तार गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *