२०८१ मङ्सिर २४ गते सोमवार

नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ ग्रहण गर्दै

धनगढी, माघ २७ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन ।

प्रदेश प्रमुख देवराज जोशीले आज उनलाई ३ ः ३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत गुमाई पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशमा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले नेपाली कांग्रेसका शाह हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *