२०८३ बैशाख १६ गते बुधवार

प्रहरी र अध्यागमन दुवैले लिएनन् रवि लामिछानेबिरुद्ध जाहेरी

काठमाडौँ ,माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै उनलाई राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो ।

उनको जाहेरी दर्ता अस्वीकार गर्दै नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइसकेकाले दर्ता गर्न नमिल्ने त्यहाँका प्रहरी अधिकारीहरुले बताएका थिए। नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकारीले बताए।

पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन्। यद्यपि अध्यागमन विभागले पनि जाहेरी दर्ता गरेको छैन। प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *