२०८१ बैशाख १३ गते बिहिवार

कांग्रेसको कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन

काठमाडौं,मंसिर २४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन असमर्थ भएको छ ।

समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ । केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् ।

दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *