काठमाण्डौ ,भदौ ३१ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्।
बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको सम्पूर्ण विवरण (भर्बाटिम) सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्।
तर समितिले जसरी पनि जबरालाई बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने तयारी गरेको छ।
कांग्रेस सांसद तथा समिति सदस्यी मीनविश्व कर्माले बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने बताए। उनले भने,’ निलम्बित प्रधानन्यायाधीशलाई जसरी पनि प्रतिवेदनमा हस्ताक्षर गराउँछौं, यसको तयारीमा लागेका छौं।’
अहिले बयानको सम्पूर्ण (भर्बाटिम) सुनाउने क्रम जारी छ।
जबराले हस्ताक्षर गरे भोलि बस्ने प्रतिनिधिसभा बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको तयारी छ।
प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार