२०८२ असार ५ गते शुक्रवार

महाभियोग सिफारिस समिति बैठक बस्दै

काठमाडौं,भदौ ३० । प्रतिनिधिसभाअन्तरगतको महाभियोग सिफारिस समितिको बैठक ३ बजे बस्ने भएको छ।

यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको कांग्रेस सांसद तथा समिति सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सर्वोच्च अदातलका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने समितिको तयारी थियो।

तर, सर्वोच्चका न्यायाधीश र पूर्वप्रधानन्यायाधीशरुले छलफलमा नजाने बताएका छन्।

जबराले बयानमा चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा,कल्याण श्रेष्ठ र सुशीला कार्कीको नाम मुछेका थिए।

यस्तै, समितिसमक्ष जबराले कामयमुकायम प्रधानन्यायाधीश दिपक कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा,आनन्दमोहन भट्टराई र प्रकाशमान सिंहको नाम लिएका थिए।

जबराले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्वमहासचिव लीलामणि पौडेल, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायतलाई पनि विभिन्न आरोप लगाएका

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *