२०८२ असार ७ गते आइतवार

सत्य निरुपण सम्बन्धी विधेयक कुर्न २ घण्टा पछि सारियो प्रतिनिधि सभा बैठक

काठमाण्डौ ,भदौ २९ । प्रतिनिधि सभाको बैठक पूर्व निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

नेताहरुका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो ।

आज बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजेसम्मलाई सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *