२०८२ जेष्ठ ३० गते शुक्रवार

चोलेन्द्रसँगको बयान सकियो, उनले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने

काठमाडौं ,भदौ २८ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ ।

जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

‘जसजसको नाम उहाँले उल्लेख गर्नुभएको छ, समितिले आवश्यक ठह¥याएका, कानुनले दिएका र आवश्यक देखिएका व्यक्तिहरुलाई बोलाउँछौं,’ विश्वकर्माले भने, ‘भोलि पत्राचार गर्छौं र उहाँहरुको अनुकुलता हेरेर छिटो भन्दा छिटो बलाउँछौं ।’

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *