२०८२ असार ५ गते शुक्रवार

एमाले महासचिव पोख्रेल गृह जिल्ला दाङ आउँदै

दाङ २३ भदौं । नेकपा एमालेका महासचिव, भावशाली नेता शंकर पोख्रेल गृहजिल्ला दाङ आउने भएका छन ।

दाङ क्षेत्र नम्वर २ मा संघ तर्फ उमेदवार बन्न लागेका महासचिव पोख्रेल गृहजिल्लामा विभिन्न कार्यक्रममा सहभागि रहने नेकपा एमाले दाङले जनाएको छ ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार महासचिव पोख्रेल भदौ २५ गते साँझ दाङ आउदै छन ।

उनी २७ गते साँझ फर्कने कार्यक्रम रहेको छ । यस अवधिमा महासचिव पोख्रेलले जिल्लास्थित नेता, कार्यकर्ता, शुभेच्छुक, विभिन्न पेशागत संघसंगठन, जातिय संगठन, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी, सरकारी अधिकारीहरुसँग भेटघाट तथा छलफल गर्र्नेछन ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा पूर्व सूचना तथा सञ्चारमन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गरिसक्नु भएका पोख्रेल दाङ रहँदा भाद्र २६ गते विहान पेशागत महासंघ दाङको घोराही उपमहागरपालिकाको सभाहलमा हुन लागि रहेको वृहत अन्र्तक्रिया कार्यक्रममा सहभागि हुनेछन ।

यसैगरी दिउँसो १ बजे राष्ट्रिय युवा संघका घोराहीको सभाहलमा हुन लागि रहेको जिल्ला भेला, सोही दिन साँझ शुभेच्छुकहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी भदौ २७ गते पार्टी कार्यालय घोराहीमा हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको जिल्लास्तरीय भेला तथा प्रशिक्षण, सोही दिन भिंग्रेली भिलेजमा अखिल नेपाल महिला संघ दाङको जिल्लास्तरीय भेला तथा प्रशिक्षण, सोही दिन नारायणपुरस्थित फनपार्कमा आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक थारु संघको संयुक्त आयोजनामा हुन लागि रहेको बृहत भेला तथा प्रशिक्षणमा, सोही दिन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ दाङले आयोजना गर्न लागि रहेको जिल्लास्तरीय भेलामा सहभागि हुने एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

एमाले महासचिव पोख्रेल सहभागि हुने कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागि रहेका नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम पनि सोही अवधिमा हुनेछ ।

एमाले महासचिव पोख्रेलको साथमा नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्वर २ को ख मा प्रदेशसभामा उमेदवार बन्न लागेका नेता बलिभद्र राना पनि काठमाडौंबाट दाङ आउँदै छन ।

एमालेले महासचिव पोख्रेल सहभागि हुने सबै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन मातहतका सबै आयोजकलाई विशेष निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *