काठमाडौँ,भदौ २३ । राष्ट्रिय सभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई शपथ खुवाएका हुन् । चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा ९पार्वती०ले शपथ लिएका हुन् ।
प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार