२०८१ चैत्र १४ गते बिहिवार

पैसाले मात्र संस्कृति बच्न सक्दैनः मन्त्री श्रेष्ठ

काठमाडौं ,भदौ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्।

बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले इन्द्रजात्रा सांस्कृतिक महत्त्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्त्व र पहिचान रहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले सांस्कृतिक महत्त्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ उनीहरूको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘यो हाम्रो ऐतिहासिक दिन हो। इन्द्रजात्रा भन्ने पर्व सांस्कृतिक पर्व हो। हाम्रो पहिचान र सभ्यता हो। यसको ऐतिहासिक महत्त्व छ। आजबाट लिंगो ठड्याउने काम भएपछि इन्द्रजात्रा पर्व सुरु भयो। हाम्रा जात्रा, पर्व, संस्कृतिहरूको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ। यसमा दिइरहेका जुन खालका अनुदानहरू छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ। संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ। यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरू आयोजना हुनसक्छ। गुठीहरूलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

मन्त्री श्रेष्ठले सांस्कृतिक पर्वहरूलाई जोगाइराख्न त्यसमा सम्बद्ध गुठीहरूलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरूको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *