२०८१ चैत्र ४ गते सोमवार

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौँः प्रचण्ड

काठमाण्डौ,भदौ २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सिट संख्या टुंंगिसकेको बताएका छन्।

माओवादी केन्द्रका मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले गठबन्धनले सिट संख्या टुंग्याइसकेको बताए। उनले मधेश प्रदेशमा ९ वटा प्रतिनिधिसभाको निर्वाचनमा सिट दाबी गर्ने बताए।

उनले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण नभए अदालतमा जाने र अदालतबाटै फैसला आउने बताए। संविधानतः राष्ट्रपतिलाई एक पटक फिर्ता गर्ने अधिकार रहेकाले अब नागरिकता विधेयक प्रमाणीकरण हुनेमा ढुक्क रहेको उनले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *