२०८२ असार ५ गते शुक्रवार

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने


काठमाडौं,भदौ १९। सत्ता घटकका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।
यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुन: छलफलका लागि नेताहरुलाई डाकिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *