काठमाडौं,भदा १६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदैछ । समितिको बैठक आज बिहान ११ बजे पछि बस्दैछ ।
बयानको पहिलो दिन हिजो उनीसँग सम्बन्धित ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको छ ।
हिजो बयानका क्रममा उनले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लर्गाएका छन ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ ।
७ महिनादेखि निलम्बनको अवस्थामा रहेका उनीमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।
महाअभियोग समितिको गएको भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।
पदीय जिम्मेवारीविपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेकोलगायतका आरोपसहित गएको फागुन १ गते जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो ।