२०८२ असार ९ गते मङ्गलवार

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड

काठमाण्डौ,भदौ १५ । नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ ।

काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए ।

उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत पुग्ने अवस्था नरहेकाले चुनावी गठबन्धन आवश्यक रहेको बताएका थिए ।

बैठकमा नेता कोइरालालगायतले गठबन्धन गर्दा पार्टीलाई १०० सिटभन्दा चाहिने धारणा राख्दै सोहीअनुसार अडान राख्न सुझाव दिएका थिए ।

कम्तिमा १०० सिट नपाउने अवस्थामा वस्तुगत यथार्थ अनुसार भागबण्डा हुनुपर्नेमा उनीहरुको जोड थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *