२०८१ चैत्र १३ गते बुधवार

चर्को दबाब र राष्ट्रपतिको आपत्तिपछि नागरिकता विधेयक अब विधायन व्यवस्थापन समितिमा

काठमाडौँ,भदौ १२ । नागरिकता विधेयकले राष्ट्रिय जनमत विभाजित गर्नुका साथै राष्ट्रपति र संसद तथा मन्त्रिपरिषद्‌बीच द्वन्द्व बढाएपछि सरकारले त्यसलाई गहन छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।

आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए।

राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक भदौ २ गते बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले यथावत रुपमा पारित गरेको थियो।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ः५९ बजे बस्ने गरी बोलाइएको छ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *