२०८२ बैशाख ११ गते बुधवार

एमाले पोलिटब्यूरो बैठक सुरु

काठमाडौँ,भदौ ९ । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन्।

यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।

एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ।

बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्नेछन्।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *