२०८२ असार ४ गते बिहिवार

चुनावी अभियानका लागि जिल्ला-जिल्लामा कांग्रेसले खटायो प्रतिनिधि

काठमाण्डौ,भदौ ७ । ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले जिल्ला(जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो ।

१० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन । प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ ।

प्रतिनिधिहरुले जिल्लामा पुगेर मातहतका संरचनाको बैठक राखी कार्यक्रम तय गर्नेछन् । जिल्ला समिति, महासमिति प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा लगायत तल्लो तहका संरचनाको बैठक आह्वान गर्नेछन् ।

जनताका समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने अभियानको उद्देश्य छ ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *