२०८२ असार ४ गते बिहिवार

५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि हुँदैनः भीम रावल

काठमाण्डौ,भदौ २ । नेकपा एमालेका सांसद ड. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताए।

सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्रु कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ। कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ। नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छरु यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चीरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसाबाट प्रेरित तर्क हो। वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ।‍

नागरिकताजस्तो संवेदनशील विषय सांसदहरूले संशोधन हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्न पनि तयार नहुने यस्तै हो लोकतन्त्रको अभ्यासरु यही हो राष्ट्रियताप्रतिको संवेदनशीलतारु कसैले भन्नसक्छरु ७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो ।

आज सहमतिबाट पछि हटेर काम गर्ने? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो? त्यसले जे फैसला गर्छ त्यो संविधानभन्दा माथि हुन्छ? यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको? ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन? यस्तो मिल्दैन। नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन।’

उनले संविधानअनुसार चल्न सरकारसँग आग्रह समेत गरे।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *