काठमाडौं,भदौ २ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ।
संसद बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठक बसेको हो। अहिले ११ बजे संसद बैठक बस्दैछ।
संसद सचिवालयका अनुसार नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बसेको हो।
आजको संसद बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गर्न पठाएको नागरिकता विधेयक पारित गर्ने तयारी छ।
मंगलबार बसेको सत्ता गठबन्धन बैठकले नागरिकता विधेयक हुबहु प्रमाणकीकरणका लागि पुनस् राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार