२०८१ साउन ९ गते बुधवार

नागरिकता विधेयकको विरोधमा नेमकिपाको विरोध सभा

काठमाण्डौ,भदौ २ । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

नयाँ बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ।

विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *