२०८२ असार ४ गते बिहिवार

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ः सञ्चारमन्त्री

काठमाण्डौ,भदौ १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा गठबन्धन कायम रहने बताएका छन्।

कृष्णप्रसाद भट्टराई फाउन्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाईरशुभकामना तथा अन्तरक्रिया’कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गठबन्धन निर्वाचनसम्म रहने बताएका हुन्।

आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ छ।

उनले जलस्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुलुकका रुपमा विकास गर्ने योजना गरेको धारणा राखे।

जनगुनासो सम्बोधन हुनेगरी जनताको पक्षमा काम गर्न उनले जनप्रतिनिधिलाई निर्देशन दिए।

मन्त्री कार्कीले सीमित स्रोतरसाधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *