२०८२ असार ६ गते शनिवार

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्नुस् ः देउवा

काठमाडौं,साउन ३० । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् ।

सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन्।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्।

उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए। उनले गठबन्धन छदैछ त्यसै निर्वाचन जितिन्छ भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे।

उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने धारणा राखे। उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन। जनताको विश्वास लिन जनतामाझ जानुहोस्।’

जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए।

उनले सिंहदरबारको अधिकार गाउँमा पुगि नसकेको बताए।

देउवाले भने, ‘सिंहदरबार गाउँमा लिएर आयौं भन्छौं तर जनताले हामीले केहि पाएनौं भन्न थालिसकेका छन्।’

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *