२०७९ साउन २७ गते शुक्रवार

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौँ,साउन २० । परराष्ट्रमन्त्री डा.नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका हुन्।

खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेयता पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.