काठमाण्डौ,साउन १७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताएका छन ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताएका हुन । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा नघटाइएको भन्दै आपत्ति जनाए ।
उनले नेपाल आयल निगमले सञ्चित घाटा ३१ अर्ब रुपैयाँ पुगिसकेको बताए पनि सरकारले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सोच्न नसकेको बताए ।
सांसद सुवालले सरकारले भारतलाई बेचेको ३ सय ६४ मेगावाट बिजुलीबाट १६ अर्ब रुपैयाँ आम्दानी भएको बताए पनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताए ।
उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको दाबी गरे ।
