काठमाडौँ,साउन १३ । सरकारले शुक्रबार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएको छ।
केही बेरपछि सुरु हुने प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जवाफ दिने भएका हुन्।
संसदको बैठकमा बोल्ने सांसदहरूले सरकारले एसपीपीका विषयमा अमेरिकी सरकारलाई पत्राचार नगरेर त्यसै रोकेको भन्दै सांसदहरूले आपत्ति जनाउँदै आएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि यसबारे चर्को विवाद भएको थियो। परराष्ट्रमन्त्री खड्काले त्यसबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्।
प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार